अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री

tribhuban univercity

काठमाडौं,१६ माघ । नियमित रूपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन् । पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडीसम्मको डिग्री दिने भएको हो ।

खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद् बैठकले डिप्लोमा, पोस्टग्य्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । प्राज्ञिक परिषद्का सदस्य एवं शिक्षाविद् प्रा।डा।मनप्रसाद वाग्लेले खुला विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम परिषद्बाट निर्णय भएको र २४ माघमा बस्ने सभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने बताए । विश्वविद्यालयका कुलसचिव रजिस्ट्रार कमल ढकालका अनुसार केही कार्यक्रम यही आर्थिक वर्षमै सुरु गर्ने तयारी भएको छ । पाठ्यक्रमका केही ‘फ्रेम वर्क’ तयार भएका छन् ।

तीनवटा संकाय सञ्चालन हुने
नेपाल खुला विश्वविद्यालयमा तीनवटा संकाय स्थापना हुने भएका छन् । व्यवस्थापन र कानुन संकाय, सामाजिकशास्त्र र शिक्षा संकाय स्थापन हुने भएका छन् । यस्ता संकायबाट साधारण विषयदेखि इन्जिनियरिङसम्मका विषय दूरशिक्षाबाट पढ्न पाइने भएको छ । त्यसैगरी विज्ञान, स्वास्थ्य र प्रविधि संकाय स्थापना हुँदै छ । यो संकायमा प्राविधिक तथा व्यावसायिक सीपदेखि ‘पियोर साइन्स’का विषय पनि अध्ययनको व्यवस्था हुनेछ । इन्जिनियरिङका पनि धेरै विषय अध्ययन गर्न पाउने कुलसचिव ढकालले बताए ।

कसरी पढ्न सक्छन्
दूरशिक्षा विधिबाट नेपाल खुला विश्वविद्यालयमा अध्ययन गरी डिग्री प्राप्त गर्न सकिनेछ । प्राध्यापक वाग्लेले तीन तरिकाले अध्ययन गर्न सकिने बताए । विद्यार्थी आफैँले स्वाध्ययन गर्न सक्छन् । विश्वविद्यालयमा पढ्नुपर्ने कोर्स र सामग्रीको अध्ययन गर्न सकिनेछ । यदि कोर्स नबुझेमा इमेलमार्फत् प्रश्न सोधेर उत्तर पाउन सक्छन् ।

त्यसैगरी, दुर्गम जिल्लामा स्रोत केन्द्र खोलेर अध्ययनको व्यवस्था गर्न सकिन्छ । नबुझेको सोधेर पढ्न सक्ने व्यवस्था छ । त्यस्ता स्रोत केन्द्रमा सुविधासम्पन्न लाइब्रेरी स्थापना गरी अध्ययन गर्ने अवसर दिन सकिन्छ । अनलाइन माध्यमबाट पनि पढ्न सकिन्छ । अनलाइनबाट रजिस्ट्रर्ड हुने, त्यहाँ अध्ययन गर्ने व्यक्तिले आफ्नो सर्कल बनाउने र अन्तक्रिया गर्नसक्ने विकल्प पनि हुनसक्छ।

यस्तो छ उद्देश्य
ऐनमा प्रविधिमा आधारित खुला एवं दूरशिक्षाको माध्यमबाट स्वःअध्ययन सिकाइ पद्धतिद्वारा जीवनपर्यन्त शिक्षाप्राप्तिको अवसर आमजनसमुदाय समक्ष पुर्याई परम्परागत व्यावहारिक ज्ञान र सीपको आधुनिकीकरण गर्दै दूरशिक्षा प्रणालीको सञ्चालन, संयोजन र मापदण्ड निश्चित गर्ने गरी नेपाल खुला विश्वविद्यालय स्थापना गरिएको उल्लेख छ । विश्वविद्यालयले आफ्नो कार्यक्रमको सञ्चालन नेपालभित्र र बाहिर पनि गर्नसक्नेछ । व्यवस्थापिका–संसद्बाट पारित भएको नेपाल खुला विश्वविद्यालयको विधेयक ३० असार ०७३ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

यस्ता छन् अरू विश्वविद्यालयभन्दा फरक व्यवस्था
– शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ, अरू विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुन्छन्
– अरू विश्वविद्यालयको जस्तो सेवा आयोगको व्यवस्था छैन
– शिक्षाध्यक्षको काम उपकुलपतिले गर्ने व्यवस्था
– प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति हुने व्यवस्था
– आर्थिक प्रशासनिक काम गर्न कुलसचिव ९रजिस्ट्रार०को व्यवस्था

यस्ता छन् फाइदा
– प्रा.डा. मनप्रसाद वाग्ले

धेरै शुल्क तिरेर उच्च शिक्षा लिन नसक्नेलाई सस्तो शुल्कमा डिग्री
काम गर्दै पढ्दै गरेर उच्च शिक्षा लिन सकिने
देशबाहिर लाखौँ मानिस छन्, जसले उच्च शिक्षाको चाहना राखेका हुन्छन्, विदेशमै बसेर उनीहरूले पढ्न सक्नेछन्
गृहिणीले घरमै बसेर अध्ययन गर्न सक्नेछन्
पहिले बीचमै पढाइ छाडेका र अहिले निरन्तरता दिन चाहनेहरूले घरमै बसिबसी अध्ययन पूरा गर्न सक्छन् । आजको नयां पत्रिकामा यस्तो खवर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);