बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात

भाद्र ९, २०८१ आइतबार
बुटवलको डेल्टा मार्ट परिसरमा आईतवार (आज) देखि शुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात भएको हो । नेपाली लुगा घरको आयोजनामा दशैँसम्म मेला लाग्ने बताइएको थियो ।

उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो । बिहान करिव ९ बजेको समयमा आएका २५÷३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरु तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपात गरेका थिए । मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए ।

Leave a Reply