थाइल्याण्डमा भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८१, शुक्रबार

थाइल्याण्डमा भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु

भाद्र ७, २०८१ शुक्रबार
थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा बिहीवार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिव ३ः१० बजे म्यानग्रोभ जङ्गलमा खसेपछि खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयअनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो ।

थाइल्याण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्णभूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);