आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्सले ४ वटै खेल जितेको छ । रोल…
घरेलु मैदानमा अमेरिका र क्यानडा सम्ममिलित सिरिजमा नेदरल्यान्ड्स्ले शतप्रतिशत नतिजा निकालेको हो । अन्तिम खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि जित हात पारेको हो । नेदरल्यान्ड्समा भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि २७ रनको जित हात पारेको हो । नेदरल्यान्ड्सले दिएको २ सय ७ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४५.५ ओभरमा अल आउट हुदै १ सय ७९ रन मात्र बनायो ।अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोडे । उनले ७९ बलमा ८ चौका र १ छक्का प्रहार गरे । शयान जाहिङ्गर र हरमित सिंहले समान २० रन बनाए। नेदरल्यान्ड्सका काइल क्लेनले ४ र पल भान मेकरमले ३, विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय ६ रन जोड्दै अल आउट भयो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले ७७ माइकल लेभिटले ३३ र नोहा क्रोसल २७ रन बनाए । अमेरिकाका नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान २ विकेट लिए । यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो । अमेरिकाले २ मा जित तथा २ खेलमा हारको सामना गर्यो ।
८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजित अमेरिका ४ अंकका साथ पाँचौ स्थानमा छ अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने एकदिने विश्वकप छनोटमा स्थान बनाउने छन् ।०००
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
१ घन्टा अघि
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
२४ घन्टा अघि