आज ४२औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

आज ४२औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ४२औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको स्मृति दिवस मनाउन थालिएको हो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो ।

दिवसको अवसरमा नेपाली कांग्रेस, भातृ संघ संस्था र बीपी संग्राहलय समितिले देशैभर विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ ।

१९७१ भदौ २४ गते भारतको वाराणासीमा जन्मेका बीपी २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

२०१५ सालको आमनिर्वाचनमा पार्टीले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व लिए ।

यस्तै नेपाली साहित्यमा पनि बीपीको स्थान उच्च रहेको छ ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);