सिमलताल पहिरोः मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिइने | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

सिमलताल पहिरोः मृतकका परिवारलाई मधेश सरकारले एक लाख दिइने

२ साउन २०८१, बुधबार । मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो ।

“दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।

” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);