कांग्रेस एमालेलाई प्रचण्डको चुनौती, संविधान संसोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि गरौ  | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८१, शनिबार

कांग्रेस एमालेलाई प्रचण्डको चुनौती, संविधान संसोधन नै गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि गरौ 

२८ असार २०८१, शुक्रबार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि खुला छलफल गर्न आह्वान गरेका छन् ।

कांग्रेस एमालेले संविधान संसोधनको छिर्के हानेको दाबी गर्दै प्रचण्डले केही पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था लागू गर्न खोजिएको ओपन सेक्रेट भएको बताए ।

उनले भने, ‘म भन्न चाहन्छु, ४७ सालदेखि ६३ सलसम्म तपाईँहरूले भनेकोजस्तै व्यवस्था र अवस्था थियो नि । स्थायीत्व थियो त त्यतिबेलारु १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरू नै होइन ? स्थिरता हो त्यो रु समानुपातिक समावेशी नभएपछि सबै ठिक हुन्छ रु संविधान संशोधन नै गर्ने हो भने आउनुस् खुला छलफल गरौँ ।

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऊँ । दलित र महिलाको प्रतिनिधित्व अझै बढाऊँ । विपन्न वर्गको पहुँच बढाएर लैजाऊँ ।

फेरि महिला, दलित, आदिवासी, मुस्लिम, धार्मिक अल्पसंख्यकलाई पहिलेजस्तै राज्यका निकायमा प्रतिनिधित्वविहीन बनाउने षडयन्त्र अब नेपालमा किमार्थ सफल हुने छैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतिकात्मक र निरंकुश सामन्तहरूको दयामा आधारित थियो । त्यो सुनिश्चित भएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);