सानै उमेरमा कविता लेखन र वाचन दुबैमा सफल आरध्या नेपाल | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

सानै उमेरमा कविता लेखन र वाचन दुबैमा सफल आरध्या नेपाल

उषा काफ्ले २०८१ असार २६

सानै उमेरमा कविता लेखन र वाचन दुबैमा अब्बल अनि सफल भएको बालबालिका कमै होलान । तर आरध्या नेपाल कविता लेखन र वाचन दुबैमा अब्बल मानिन्छिन् । सर्लाहिको हरीवन नगरपालिका वडा नं ९ नयारोड बिष्णुपुर घर भएका पिता नारायण प्रसाद नेपाल र आमा रिता मैनालीको दोस्स्रो सन्तानको रुपमा वि.स २०७१ साल फागुन ३ गते ललितपुरको पाटन अस्पतामा आरध्या नेपालका जन्म भएको हो ।

हाल ललितपुर महानगरपालिका घर भएकी आरध्या ज्ञानि, अुनुशासित मानिन्छिन् , जब बिध्यालय जान लागिन उनि कुनै बर्ष दोस्स्रो भईनन्, प्ले ग्रप देखि कक्षा ३ सम्म उनि सधै प्रथम भईन । कक्षा २ सम्म ल्याण्डमार्क एकेडेमिमा अध्यायन गरेकि आराध्या त्यस पक्ष्चात कक्षा ३ नपढी कक्षा ४ मा अध्यायन गरी  अहिले उनि कक्षा ५मा अध्यायन गरी रहेकी छिन् ।

उनि कक्षामा  मात्रै नभएर बिभिन्न कार्यक्रमा समेत प्रथम हुने गरेकि छिन् । ंबिध्यालय स्थरीय,उपत्यका स्थरीय संगै प्रदेश स्थरीय प्रतियोगितामा प्रथम हुदै आएकी छिन् ।

बाग्मति प्रदेशले युग कबि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अबसरमा मिती २०८१ जेठ ९ गते आयोजना गरेको बागमती प्रदेश खुल्ला साहित्य कबिता लेखन तथा बाचन प्रतियोगितामा ३११जना प्रतिस्पर्धीलाई पछि पार्दै आरध्या प्रथम पुरस्कार जित्न सफल भएकी हुन्् उमेरले सानी भए पनि उनको चर्चा भने उनको उमेरभन्दा निकै माथि छ।

सार्वजनिक रूपमा आयोजना हुने कार्यक्रमहरूमा उनको प्रस्तुतिको राम्रै चर्चा हुनेगरेको छ । विद्यालयका शिक्षकको सहयोग र घरपरिवारको सहयोगको अलावा आफ्नो निरन्तरको मिहिनेतले आरध्याले बिस्तारै उचाइ चुम्दै छिन् ।सार्वजनिक कार्यक्रममा मात्रै हैन विद्यालयहरुको रोजाइमा समेत पर्ने गरेकी छिन्।
May be an image of 1 person and text
उनको पढाई मात्रै नभएर अद्भुत प्रतिभालाई देखेर आफ्नो विद्यालको क्षात्राको सफतामा बिध्यालय परीबार नै र्हषित भएको छ ।

आफ्नो सफल्तामा खुसि नहने को नै हुँन्छ र त्यस्तै आरध्या नेपालु पनि आफ्नो सफल्तामा हषित छिन र अझै मेहनत गर्ने बताउछिन्

यसैगरी सन्तान्को खुसि नै बवा आमाको खसी हो भन्निछ । त्यसैले होला बवा नारायण प्रसाद पनि छोरीको सफल्तामा र्हषित छन् ।May be an image of 1 person and text

अधिकांश बालबालिकामा प्रतिभा लुकेकै हुन्छ । प्रतिभा उजागर गर्ने मेहनत त पहिलो शर्त हो नै । तर त्यसलाई उजागर गर्न अवसर पनि उत्तिकै आवश्यक हुन्छ । यसको तालमेल मिलाउन परिवार र समाज अनि संबन्धित पक्षको सहयोग महत्वपूर्ण हुन्छ ।

May be an image of 5 people, people smiling and television

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);