असार ६, २०८१ काँग्रेस सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा सभापति देउवाले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभएको हो ।
आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने देउवाले विश्वास व्यक्त गर्नुभयो ।
महिलाहरुलाई समावेशी,समानुपातिकको रुपमा ठाउँ दिइएको उल्लेख गर्दै देउवाले अब नेतृत्व नेतृत्व विकासमा जोड दिनुभयो । नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै उहाँले यसबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति भइसकेको उल्लेख गर्दै योग्य बन्न आग्रह गर्नुभयो ।
सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अझै प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । ०००