साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सयभन्दा धेरै हजयात्रीको गयो ज्यान,२ हजारबढी गम्भीर बिरामी | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सयभन्दा धेरै हजयात्रीको गयो ज्यान,२ हजारबढी गम्भीर बिरामी

साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ ।

पछिल्लो तथ्यांक अनुसार अत्यधिक गर्मीका कारण ५ सय ५५ हजयात्रीको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी छन् ।

बिरामीको उपचार भइरहेको साउदी सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ ।

विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । ज्यान गुमाउनेमध्ये तीन सय २० जना इजिप्टका नागरिक छन् ।

यस्तै इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले तीर्थयात्रामा गएका आफ्ना एक सय ४४ जनाको ज्यान गएको जनाएको छ । जोर्डन, सेनेगल, ट्युनिसिया र इरानले पनि आफ्ना नागरिक गुमाएको बताएका छन् ।

यसपटक विश्वभरबाट १८ लाख जना हजयात्राको लागि साउदीको मक्कामा पुगेका छन् ।

दिउँसो अत्यधिक गर्मी हुँदा बिहान र बेलुका हजको प्राथना हुने गरेको छ, त्यो बेला भीड बढ्दा कयौँले निसासिएर ज्यान गुमाएका खबरमा उल्लेख छ ।०००

Leave a Reply

ताजा समाचार