आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचकोे खेल  रद्द, दुवैले बाँडे १–१ अंक,श्रीलंका प्रतियोगिताबाट बाहिर | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८१, बुधवार

आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचकोे खेल  रद्द, दुवैले बाँडे १–१ अंक,श्रीलंका प्रतियोगिताबाट बाहिर

आइसीसी टि२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ ।

योसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो ।

नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ ।

अन्य २२ मध्ये २१ खेलको नतिजा आएको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने छ ।

समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न नेपालले बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।

समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगी सकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । श्रीलंका ३ खेलमा १ अंकका प्रतियोगिताबाट बाहिरिएको हो । ००००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);