भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै

prachanada

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज भारत प्रस्थान गर्दैछ ।

नेपाली समय अनुसार आज साँझ सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल सहभागी हुनेछन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो ।

मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आजै भेटवार्ता गर्ने कार्यक्रम छ । तर यो शिष्टाचार वार्ता मात्रै हुने जानकारी भारतीय पक्षले दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको दिल्ली भ्रमणको सबै प्रबन्ध भारत सरकारले गर्नेछ ।

मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);