दक्षिणकाली दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८१, बिहीबार

दक्षिणकाली दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत

जेष्ठ २४काठमाडौँ । बुधबार साँझ काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका युरुष र महिलाको सनाखत भएको छ । दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित भिरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा भेटिएका उनीहरुको पहिचान खुलेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेहरुमा धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर ५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण वडा नम्बर ५ बस्ने ३२ वर्षीया सविना राई रहेका छन् ।

बुधबार साँझ भिरमा दुई जनाको शव रहेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय फर्पिङको टोली घटनास्थल पुगेको थियो । तत्पश्चात अनुसन्धानका लागि सो स्थानमा प्रहरी वृत्त कीर्तिपुरको टोली खटिएको थियो । घटनास्थलको मुचुल्का भएपछि विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट गएको प्रहरीसहितको संयुक्त टोलीले सडकबाट दुई सय मिटर तल भिरमा अड्किएको अवस्थाबाट उनीहरुको शव निकालेको थियो।

बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको पल्सर मोटरसाइकल पनि उनीहरु नजिकै फेला परेका कारण उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपी उनीहरु कहाँ जाँदै गरेका थिए र कसरी भयो दुर्घटना भन्ने विषयको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);