दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।
चार दशमलव एक रेक्टर स्केलको भुकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।
दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति भने नभएको बताईएको छ ।
यद्यपि नेपालमा भुकम्पको जोखिम रहेको विज्ञहरुले बताएका छन् ।