काठमाडौं, १५ माघ । नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमु सिंह सिजापतिले आफु निर्वाचित अध्यक्ष भएकाले सरकारले हटाउन नसक्ने दाबी गरेकी छन् ।
सरकारले परिवार नियोजन संघको केन्द्रीय तथा जिल्ला शाखाहरु विघटन गर्दै क्षेत्र बहादुर गिरीको संयोजकत्वमा तदर्थ समिति बनाउने निर्णय गरेको ४ दिन पछि अध्यक्ष सिजापतिको यस्तो प्रतिक्रिया आएको हो ।
उनले सरकारले संघलाई नै विघटन गर्न सक्ने तर कार्यसमितिलाई विघटन गर्न नसक्ने दाबी गरेकी छन् । संघ विघटन गर्ने सरकारी निर्णयपछि आफुमाथि पद छोड्न चौतर्फी दबाब आएको भन्दै उनले सरकारको हस्तक्षेपपुर्ण कामको विरुद्ध अदालत जाने बताइन् । आफुलाई पत्र पनि प्राप्त नभएको र निर्वाचित भएकाले आफुले पदिय दायित्व र जिम्मेवारी नछोड्ने उनले स्पष्ट पारिन् ।