रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोल पु¥याए, | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोल पु¥याए,

ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पु¥याएका छन् ।
रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा याक मिसाया भुज्याअनुसार आज बिहान महिलाले तानेर इतिटोल पु¥याएका हुन् ।

बुधबार रथको टुप्पोबाट नरिवल खसालिएको थियो । यसवर्षको रथयात्रा गएको बैशाख २९ गते शुरु भएको हो ।

रातो मच्छिन्द्रनाथको कुलेदेवी पूजा आउँदो १७ गते हुने छ ।
नरिवल खसाल्ने जात्राको दिन बाराही गुठियार, गुठि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत १७ गतेको लागि निकालेको हो ।

कुलदेवी पूजा ४ दिनसम्म गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पुजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात जेठ १७ गते नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ ।

रथ जावलाखेलमा पु¥याएको चार दिनमा भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथको रथलाई तानेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);