आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर मनाइदै, आजै महादेव र देवी पार्वतीको विवाह भएको कथन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर मनाइदै, आजै महादेव र देवी पार्वतीको विवाह भएको कथन

आज अक्षय तृतीया, हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिएको छ ।

जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर अक्षय तृतीया पर्व मनाउने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पूजा आराधना र दिन दुःखीहरुलाई विभिन्न अन्न, वस्त्र, छाता, जुत्तालगायत वस्तु दान गर्नेहरुको भीड लागेको छ । आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको कथन छ ।

अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वको वर्णन भविष्य पुराणमा समेत उल्लेख छ । अक्षय तृतीयामा व्राह्मण, कुलपुरोहित तथा गरिवलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथन रही आएको छ ।

अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतिक समेत मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौ र चनाको सातु खाने परम्परा छ । भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ ।

१ घडी ४९ पला अर्थात् बिहान ६ बजेर ३ मिनेटपछि तृतीया तिथि लागेको पञ्चांगमा उल्लेख छ ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);