आज अक्षय तृतीया, सर्वत र सातु दान गर्नाले देवता र पितृहरु प्रशन्न हुने विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज अक्षय तृतीया, सर्वत र सातु दान गर्नाले देवता र पितृहरु प्रशन्न हुने विश्वास

काठमाडौं । आज अक्षय तृतीया, बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ । पुराण ग्रन्थहरू अनुसार आजको दिनमा गरिएको शुभ कार्यको अक्षय फल पाइने धार्मिक विश्वास रहेको छ ।

दालचिनीर ल्वाङ, सुकुमेल, अलैंची, र सख्खर मिलाई बनाएको सर्बत र जौको सातु दान गर्ने ग्रहण गर्ने दिनको रुपमा लिइने गरिन्छ । यसैले आजको दिन लाई अत्यन्त ठूलो पूण्य पर्वको रुपमा लिइने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउ छन् ।

आजको दिन देवताका तृप्तिका लागि, पितृहरुको प्रशन्नताका लागि मनुष्यका स्वास्थ्य लाभका लागि अत्यन्त महत्वपूर्ण मानिने उहाको भनाइ छ । आजको पूण्य दिनलाई भगवान शिव र पार्वतीको विवाह भएको दिनको रुपमा पनि लिइन्छ ।

त्यस्तै त्रेत्रा युगको शुरु पनि आजकै दिनबाट भएको मानिन्छ । आजको दिनमा गरिएका दान पूण्य कर्महरु अक्षय हुने थोरै दान गरेपनि धेरै फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

आजको दिन सर्वत र सातु दान गर्नाले देवता र पितृहरु प्रशन्न हुने र आफूले ग्रहण गर्दा स्वास्थ्य लाभ हुने पारिवारिक सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);