संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा अवरोध हटाउने प्रयासमा सभामुख देवराज घिमिरे सक्रिय | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा अवरोध हटाउने प्रयासमा सभामुख देवराज घिमिरे सक्रिय

संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग आज छलफल गर्दै हुनुहुन्छ ।

छलफल बिहान ​सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा साढे ११ बजेका लागि राखिएको सभामुखको सचिवालयले जनाएको छ ।

यही वैशाख २८ गते संसद् अधिवेशन शुरु हुन लागेको र कांग्रेसका अवरोध जारी रहने संकेतलाई मध्यनजर गरी सभामुख घिमिरेले बैठक बोलाउनु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई डाकिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बैठक अवरुद्ध गरिरहेकै बेला अधिवेशन अन्त्य गरिएको थियो । कांग्रेसले आरोध जारी राख्ने संकेत दिएपछि बजेट अधिवेशनको कारबाही पनि प्रभावित हुने आशंकामा सभामुखले शीर्ष नेताहरूको बैठक बोलाउनु भएको हो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);