वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा

नेपाल प्रहरीले वैशाख १५ गते हुने उप—निर्वाचनको सुरक्षा तयारी पूरा भएको बताएको छ ।
वैशाख १५ गते इलाम २ र बझाङ १ मा हुने उपनिर्वाचनका लागि सबै सुरक्षा तयारी पूरा भएको प्रहरीले बताएको हो ।

नेपाल प्रहरिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग—अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको बताएको छ । उप—निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने छन् ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि व्यवस्था मिलाइएको बताउनु भयो ।

निर्वाचन क्षेत्र भित्र मतदानको दिन हुनसक्ने सम्भावित जोखिमको विश्लेषण गरेर सबै सुरक्षा व्यवस्था मिलाएको प्रवक्ता ढकालले बताउनु भयो ।

इलाम–२ बाट निर्वाचित पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयघातको कारण निधन भएपछि निर्वाचन क्षेत्र
रिक्त भएको हो ।

यस्तै प्रदेश सभा सदस्य बझाङ १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएपछि उप निर्वाचन हुन लागेको हो । ००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);