छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौँः मन्त्री सुडी | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौँः मन्त्री सुडी

काठमाडौं,२९ चैत्र । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वनस्पति विभिागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको बताउनु भयो । उहाँले जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्ने बताउनु भयो । उहाँले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेको बताउनु भयो । उहाँले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको बताउनु भयो । उहाँले राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रको अमूल्य सम्पदाको रुमपा रहेको वनस्पतिको योगदान हाम्रो दैनिक जीवनयापनदेखि राष्ट्रिय अर्थतन्त्र विकासमा महत्वपूर्ण रहँदै आएको छ । विशेष गरी स्थानीय वनस्पतिहरुको स्थानीय समुन्नति रोजगारी सिर्जनामा पनि उत्तिकै योगदान रहेको छ । मानवीय कारण वा जलवायु परिवर्तन वा अन्य विभिन्न कारणले गर्दा दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेका छन् । यस्ता बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति छन् । नेपाललाई विश्वमा चिनाउने सबै वनस्पतिय भागहरुलाई समयभित्रै प्रकाशन गर्न आवश्यक श्रोत, साधन र बजेटको व्यवस्था गरी प्रभावकारी ढंगले अघि बढाउन आवश्यक छ । राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक छ । जडिबुटी खेतीमार्फत स्थानीयको आयमा टेवा दिने काममा लाग्नुपर्छ । जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्छ । वनस्पति विभिागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पु¥याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन रहेको छ ।’

मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);