मुस्लिम आयोगले भन्यो-आगलागीको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

मुस्लिम आयोगले भन्यो-आगलागीको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छ

काठमाडौं,२९ चैत्र । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले डढेलो नियन्त्रणको लागि गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ । देशभर आगलागिको घटना बढिरहेको बेला उहाँले त्यसको नियन्त्रणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

कुराकानीमा अध्यक्ष अन्सारीले आगलागि हुन नदिनका लागि सावधानी अपनाउन पनि सर्वसाधारणलाई अपिल गर्नुभयो । सुनसरीलगायतका जिल्लाहरु आगलागिबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिनका लागि आगो र अन्य प्रज्वलनशील सलाई, लाईटर लगायतका सामग्रीहरुको उचित व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गर्नुभयो । दैनिक क्रियाकलापले जलवायु परिवर्तनको असरलाई बढावा दिने काम गर्न नहुनेतर्फ पनि सबैले सचेत बन्नुपर्ने अध्यक्ष अन्सारीको भनाई थियो ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको मारमा हामी सबै परेका छौँ । कारण के हो भने हाम्रो दैनिक काम, क्रियाकलापहरुले त्यसलाई थप बढावा दिने काम गरिरहेको छ । यस्तो अवस्थामा जलवायुमैत्री काम गर्न पनि सबैलाई अनुरोध गर्न चाहन्छु । अहिले देशभर नै आगलागि, डढेलोको घटनाहरु भइरहेको हामीले सुन्दै आएका छौं । र यसमा चाँही बढि भन्दा बढी असर र धनजनको नै क्षति भइरहेको छ । यसले थप प्रदुषणको अवस्था पनि बढाएको छ । त्यसकारणले तापक्रम पनि बढिरहेको छ । अहिले हामीले जुन आगलागिको घटनाहरु छन् । हाम्रो दैनिक काममा प्रयोग हुने जस्तो आगोबाटै कतिपय ठाउँमा खाना पाक्छ भने त्यसमा सावधानी अपनाउन पनि जरुरी छ । त्यो सावधानी अपनाउनु र कमसेकम बच्चाहरुको पहुँच भन्दा टाढा जस्ता सलाई, आगो सल्काउने जुन वस्तुहरु छन् । यसलाई बच्चाहरुबाट टाढा राख्न पनि जरुरी छ । गाउँघरमा खासगरी आगोबाट नै पकाएर खानुपर्ने जुन बाध्यता छ । त्यसकारण आगोबाट पकाउने वस्तुबाट खाना पाकेपछि त्यसलाई व्यवस्थित ढंगले आगो निभाएर र खासगरी सलाई, लाईटरहरु केटाकेटीको पहुँचभन्दा बाहिर राख्यो भने चाहीँ हामीले आगलागिबाट सावधानी अपनाउन सक्छौँ । जलवायुले देशभर नै खासगरी तापक्रमको कुरा छ । अहिले हामी हेरौं–क्वीक्ली नै घटनाहरु कसरी अघि बढिरहेका छन् भने कहीँन कहीँ हामी गम्भिर नभएर नै यस्ता घटना भएका छन् । धेरैजसो ठाउँमा यो आगोबाट डढेलो लाग्नु र यो मात्रै होइन, यसबाट भर्खरै हामीले सुन्यौँ जस्तो अब एउटा ठूलो घटना सुनसरीमा पनि भएको छ । र सशष्त्र प्रहरी क्याम्पमा पनि आगो लाग्यो । यावत कुराहरुलाई हामीले समयमै निराकरण गर्ने र यो घटना हुन नदिनका लागि सरकारले पनि यसमा गम्भिर कदम चाल्नुपर्छ । र बढी भन्दा बढी हामीले सावधानी अपनाउनु पर्छ ।’

त्यस अवसरमा अध्यक्ष अन्सारीले इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्र –ईद) को पनि शुभकामना व्यक्त गर्नुभएको छ । सरकारले बिहीवार (आज) सोही अवसर पारेर सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);