कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला होः अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला होः अध्यक्ष नेपाल

काठमाडौं,२८ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला भएको बताउनु भयो । उहाँले कृषि, पर्यटन, उद्योग र जल क्षेत्रमा नेपाल सम्पन्न रहेको तर आवश्यक व्यवस्थापन गर्न नसकेको बताउनु भयो । उहाँले शिक्षा नीतिमा रहेका समस्याको पनि समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले माछामासुमा नेपाल आत्मनिर्भर हुनसक्ने भएपनि अहिले त्यसतर्फ आवश्यक चासो दिन नसकिएको बताउनु भयो । उहाँले कृषकलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ कृषि क्षेत्रको कुरा गर्ने हो भने, उद्योग, जल क्षेत्रको कुरा गर्ने हो भनेपनि पर्यटन क्षेत्रको कुरा गर्ने हो भने यि चार वटै क्षेत्रमा नेपाल सम्पन्न छ । तर त्यसको उपयोग हामीले गर्न सकिरहेका छैनौँ । जनशक्तिको कुरा गर्ने हो भनेपनि गर्न नसकिने कुरा हुँदैन । हाम्रो शिक्षा नीतिमा समस्या छ भने यदी हामीले हाम्रो जनशक्तिलाई राम्रो तालिम दिन, सीप सिकाउन सकेका छैनौँ भने त्यहाँ पनि हामीले नै त्रुटी गरिरहेको ठहरिन्छ । हामी हाम्रो देशमा जति पनि माछामासुको उत्पादन गर्नसक्छाँै । तर हाम्रै देशमा माछामासु विदेशबाट आउने गर्दछ । दुधको जतिपनि उत्पादन गर्नसक्ने देशमा दुध बाहिरबाट आउँथ्यो । अहिले पनि दुध बाहिरबाट ल्याउनुपर्छ । विभिन्न व्यवसायीले पनि जोड गरिरहेका हुन्छन् । दुधको पाउडर ल्याउन दिनुपर्छ भन्छन् । किन भन्छन् ? हाम्रो कहाँ त्रुटी छ । दुधजन्य सामग्री बनाउन त्रुटी भएको छ कि, नोक्शान नै भएको छ भनेपनि राज्यले त्यसलाई व्यहोर्ने तर उत्पादन गर्ने व्यक्तिलाई बिजोक अवस्थामा लैजानु हुँदैन । कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्छ । यो कृषिक्षेत्र नेपालको अर्थतन्त्रको आधारशिला हो ।’

पूर्वप्रधानमन्त्री नेपालले असल मनशायले काम गर्ने मान्छेहरु उत्साहित हुन नसकेको बताउनु भयो । देशमा सुशासनको ठूलो समस्या विद्यमान रहेको जिकिर गर्नुभयो । उहाँले लगानीलाई ठूलो मात्रामा आकर्षित गर्न नसकेको बताउनु भयो । विद्युतको खपत उद्योगमा बढी हुन जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);