संसद् बैठक सहज नभए अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

संसद् बैठक सहज नभए अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं,२७ चैत्र । प्रतिनिधिसभाको बैठक आज संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी बोलाइएको छ । सहकारी प्रकरणमा छानबीन समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बटमलाइन र नबनाउने सत्ता पक्षको अडानकाबीच आजको संसद बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुतलगायतका कार्यसूचि छ ।

संसद् बैठक सहज बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार नभएपछि बैठक बस्ने सम्भावना भने कमै देखिन्छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले आजको बैठकअघि नै संसदीय छानबिन समिति गठन गर्न दिएको छ । नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी कांग्रेसको छ ।

संसद संचालनका लागि सभामुख देवराज घिमिरेले पनि प्रमुख दलहरुबीच सहमति जुटाउन सोमबार गरेको प्रयाससमेत सफल हुन सकेन । संसद् बैठक सहज बनाउने प्रयास सकारात्मक नदेखिएपछि सरकारले अधिवेशन नै अन्त्य गर्ने तयारी गरेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने भनेपछि सत्तारुढ दल अधिवेशन नै अन्त्यको सिफारिस गर्ने तयारीमा पुगेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);