स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन कहिले ? | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन कहिले ?

काठमाडौं,२७ चैत्र । नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्य हासिल गर्नका लागि हामीले नाराहरु बनाएर त्यसै अनुसार सहभागीहरु प्रस्तुत हुने र त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा एउटा पोलिसीका लागि निष्कर्षहरु निकालेर भोलिको दिनमा त्यो कुरा स्वास्थ्य मन्त्रालयमा पेश गरेर स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा अझ टेवा पुगेर सो शिखर सम्मेलन हुँदैछ ।’

 

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिव १ हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने पनि सो परिषदले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);