काठमाडौं,२६ चैत्र । संयुक्त राष्ट्रसंघले सार्वजनिक जीवनका सबै पक्षमा अफगानिस्तानका महिलाको सशक्त र सक्रिय सहभागितामा जोड दिएको छ । राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसिएचएले सार्वजनिक जीवनका सबै पक्षमा अफगानिस्तानका महिलाको सशक्त र सक्रिय सहभागितामा जोड दिएको हो ।
लंैगिक समानता र अफगास्तिानका महिला तथा युवतीहरुको अधिकारका लागि सघाउने पनि ओसिएचएका उप–संयोजक इन्द्रिका रतवाटेले बचन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ओसिएचएको प्रतिवेदनअनुसार अफगानिस्तानमा सहायता वितरणका लागि आवश्यक बजेटको ६ प्रतिशत मात्र खर्च भएको छ ।
रतवाटेले अफगानिस्तानमा लैगिंक समानता र महिलाको अधिकारका लागि राष्ट्रसङ्घको समर्थनमा जोड दिँदै बजेट कटौतीप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । अफगानिस्तानमा प्रभावितमध्ये ९० प्रतिशत महिला तथा बालबालिकाका लागि सुरक्षित ठाउँको निर्माण गर्न राष्ट्रसंघको विशेष ध्यान रहेको छ ।
सन् २०२१ मा तालिबानले अफगानिस्तानमा महिलाहरूका लागि शिक्षा र कामलाई निलम्बन गरेपछि अवस्था झन विकराल भएको राष्ट्रसंघको ठहर छ । त्यहाँका महिलालाई सामाजिक कार्यक्रम तथा सार्वजनिक ठाउँमा सहभागि हुन समेत कठिन छ ।