दक्षिण कोरियाद्धारा ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

दक्षिण कोरियाद्धारा ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण

काठमाडौं,२७ चैत्र । दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार उडाइएको पुष्टि गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासूस उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ ।

यसअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गतवर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);