उपनिर्वाचनका उम्मेदवारविरुद्ध कति पर्यो उजुरी ? | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

उपनिर्वाचनका उम्मेदवारविरुद्ध कति पर्यो उजुरी ?

काठमाडौं,२६ चैत्र । आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको छ । । उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको हो । इलाम–२ मा राजनीति दलका १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतहरूका अनुसार उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउने व्यवस्था थियो । निर्वाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);