काठमाडौं,२५ चैत्र । नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
नयाँ राजनीतिक समिकरण बनेपछि हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन गर्नका लागि समर्थन फिर्ता लिन लागेको हो । हाल कोशीमा कांग्रेस नेता केदार कार्कीको नेतृत्वको सरकार रहेको छ ।
एमालेले प्रदेश प्रमुख समक्ष दाबी पेशका लागि भने सत्तामा सहभागी दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको निर्णय पर्खिरहेको छ ।
प्रमुख सचेतक समेत रहेका रेवणीरमण भण्डारीेले पनि समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको जनाएका छन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नयाँ गठबन्धनमा ५७ सांसद छन् । संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई हटाउने अफ्ठेरो भइरहेको छ ।