सुनसरीमा कर्फ्यू सहज बनाउँदै बिस्तारै हटाउने समझदारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

सुनसरीमा कर्फ्यू सहज बनाउँदै बिस्तारै हटाउने समझदारी

काठमाडौं,२५ चैत्र । सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि पाँच बुँदे सहमति भएको छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति गरेको हो ।

फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले स्थिति अशान्त बनेपछि शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको थियो । शनिबारको सहमति पछि कर्फ्यू विस्तारै हट्ने बताईएको छ ।

बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ । समस्या सामधानका लागि प्रदेश सांसदहरुलाई जिम्मेवारी दिने पनि सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);