काठमाडौं,२२ चैत्र । भारतको रक्षा निर्यात अप्रिल २०२३ देखि मार्च २०२४ को अन्त्यसम्म चलिरहेको आर्थिक वर्ष २०२३–२०२४ को अवधिमा २.६३ बिलियन अमेरिकी डलरका साथ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
यो तथ्याङ्कले गत आर्थिक वर्षको तुलनामा ३२.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०१३–१४ को तुलनामा पछिल्लो १० वर्षमा रक्षा निकासी ३१ गुणाले बढेको तथ्यांकले देखाएको छ ।