जापानको २०२४ को बजेट ११२.०७ ट्रिलियन येन, रक्षा क्षेत्रमा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

जापानको २०२४ को बजेट ११२.०७ ट्रिलियन येन, रक्षा क्षेत्रमा बढी

एजेन्सी, ९ पुस ||
जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ । जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्मको आर्थिक अवधिको लागि मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेको हो । विशेष गरी रक्षा बजेट ७.९५ ट्रिलियन येन रहेको छ । कुल बजेटमध्ये १ हजार २४७.७ बिलियन येन क्षेप्यास्त्र रक्षा उपकरण र ७३४ बिलियन येन लामो दूरीका मिसाइलहरूका लागि छुट्याइएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष राष्ट्रिय रक्षा खर्चलाई आगामी पाँच वर्षमा कुल ४३ ट्रिलियन येन पु¥याउने वाचा गर्नुभएको थियो । आर्थिक वर्ष २०२७ मा वार्षिक बजेटलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने घोषणा गर्नुभएको थियो र्। जापान सरकारले विदेशी कम्पनीहरूबाट इजाजतपत्रमा निर्मित हतियार र गोला बारुदको निर्यातमा प्रतिवन्धलाई आफ्नो देशहरूमा र सशर्त रूपमा तेस्रो देशहरूमा प्रतिरक्षा उपकरण र प्रविधि हस्तान्तरण र कार्यान्वयन दिशानिर्देशहरूमा परिमार्जित तीन सिद्धान्तहरू अन्तर्गत खुकुलो पारेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);