काठमाडौं,२० चैत्र । चिनियाँ राष्ट्रपति सी चिनफिङ र इण्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्राबोवो सुब्यान्टोबीच भेटवार्ता भएको छ । सोमवार दुई देशका प्रमुखबीच शिष्टाचार भेटवार्ता भएको हो । मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहनुभएका इण्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्राबोवो सुब्यान्टोबीच विभिन्न विषयमा छलफल भएको छ ।
इण्डोनेसियाका निर्वाचित राष्ट्रपतिको रूपमा यो उहाँको पहिलो विदेश भ्रमण हो । चीन र इण्डोनेसिया एक दक्षिणपूर्वी एशियाली देश, प्रमुख विकासशील देशहरू र महत्वपूर्ण उदीयमान अर्थतन्त्रहरू भएका देश हुन् । हालैका वर्षहरूमा चीन–इण्डोनेसिया सम्बन्धले विकासको बलियो गतिलाई कायम राखेको र साझा भविष्यको साझा समुदाय निर्माणको नयाँ चरणमा प्रवेश गरेको दुई नेताहरुले जिकिर गरेका छन् ।
प्राबोको भ्रमणलाई चीन र इन्डोनेसियाले परम्परागत मित्रतालाई अझ प्रगाढ बनाउने, व्यापक रणनीतिक सहयोगलाई अझ प्रगाढ बनाउने र विकास रणनीतिलाई अझ राम्रोसँग समन्वय गर्ने अवसरका रूपमा लिने विश्वास गरिएको छ ।