काठमाडौं,२० चैत्र । टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ । टर्कीको मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीले देशको सबैभन्दा ठूलो शहर इस्तानबुल र राजधानी अंकारा लगायत प्रमुख शहरहरूमा भएको स्थानीय चुनावमा ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको े छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै राष्ट्रपति इर्दाेगानको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका छन् ।
राष्ट्रपति चुनाव जितेर राजनीतिक नेतृत्वमा पनि प्रभुत्व कायम गर्ने इर्दोगानको योजनामा स्थानीय चुनावको नतिजाले धक्का लागेको छ ।
एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जित्नुभएको छ । एर्दोगानले इस्तानबुलको मेयर भएर त्यहीँबाट आफ्नो राजनीतिक यात्रालाई उचाइमा पु¥याउनुभएको थियो । यसपटक विपक्षी दलले प्रमुख सहर इस्तानबुल र अंकारासहित १५ वटा सहरको मेयरको चुनाव जितेको छ ।




