प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मंगलादेबी सिंह फाउण्डेशनले आईतवार काठमाडौंमा आयोेजना गरेको कार्यक्रममा सभापति देउवाले काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो ।
सभापति देउवाले काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिला दिदिबहिनीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गर्नु भयो ।
सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउन मंगलादेवी सिंहले खेल्नुभएको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबी गर्नुभयो ।
सभापति देउवाले काँग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराएको जिकिर गर्नुभयो । ०००