सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप

काठमाडौं,१८ चैत्र । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजति एक कार्यक्रममा सांसद केसीले सहकारी र लघुवित्त ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाउनु भएको हो । उहाँले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको उल्लेख गर्नुभयो । अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको भन्दै नेता केसीले जनतामा छाइरहेको निराशा र असन्तुष्टि बिस्तारै समाज बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको धारणा राख्नु भयो ।

उहाँले अहिले सरकार र संसद दुवै सहि तरिकाले सञ्चालन हुन नसकेको टिप्पणी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);