विभिन्न देशमा जेलब्रेकलाई विशेष रुपले सम्मान गर्ने गरिएको छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

विभिन्न देशमा जेलब्रेकलाई विशेष रुपले सम्मान गर्ने गरिएको छ : प्रचण्ड

काठमाडौं,१८ चैत्र । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । उहाँले समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख बताउनु भयो । २४ औं जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गर्नुभयो । त्यस अवसरमा उहाँले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गर्नुभयो । आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रधानमन्त्री दाहालको जिकिर थियो ।

उहाँले भन्नुभयो, ‘अहिले म सबभन्दा खुशी छु । गर्वमा छु साथीहरु । हामी सबै फेरि नयाँ नयाँ अनुभवसहित, नयाँनयाँ विचारसहित नयाँ आन्दोलन श्रृष्टि गर्ने तर त्यो वैज्ञानिक समाजवादको निम्ति, नेपाली मौलिकतासहितको समाजवादको निम्ति भनेर हामी जुटेका छौं । त्यसकारण मेरो कमरेडहरुलाई अनुरोध के छ भने हामी सबै आ–आफ्नो ठाउँमा लडौं । लड्दालड्दै हामी जुटछौं । जुटेपछि यो शक्ति अजय हुनेवाला छ अझै पनि । अजय हुनेवाला छ यो शक्ति । म विश्वका विभिन्न देशमा प्रधानमन्त्रीको हैसियतले, पार्टीको नेताको हैसियतले जाँदा पनि एउटा जेलब्रेकलाई अलि विशेष रुपले सम्मान गर्ने गरिएको छ । त्यो गोर्खा जेल ब्रेक । महिलाहरुले आफ्नो तागतमा विश्व इतिहासमा एउटा रेकर्ड बन्ने गरी जेल ब्रेक भयो । त्यो जहाँ पनि चर्चा हुने गरेको मैले पाएको छु । यो हाम्रो यस्तो सम्पत्ति हो, यस्तो पुँजी हो, जसले हामीलाई समाजवादी क्रान्तिको निम्ति जहिले पनि एउटा ऊर्जा, एउटा शक्ति प्राप्त भई नै राख्छ । त्यसकारण हामी निराशाको कुरा धेरै नगरौं । मैले आजभोलि समाजमा पनि अलि नकारात्मक भाष्य यो पनि ठिक छैन, ऊ पनि ठिक छैन भन्या छ । त्यो माक्र्सवाद त हुँदै होइन । त्यो सामान्य देशभक्तिपूर्ण पनि भएन । त्यसकारण धेरै निराशाका कुरा नगरौं । क्रान्तिकारी आशावादिता कुरा गरौं । हामी जीवितै छौं अझै । एकचोटी हामी यो अनुभवसहित एकतावद्ध भएपछि हामी अजय हुन्छौं । मलाई विश्वास छ–हाम्रै पालामा समाजवादी क्रान्तिको विचारको पनि विकास हुन्छ । समाजवादी क्रान्तिको मौलिक बाटोको पनि खोजी हुन्छ । र हामी त्यो बाटोमा हिँडछौं । र म सबै कमरेडहरुलाई एकताको वातावरण बनाउनका लागि किनकी एकतामा नै शक्ति हुन्छ । मैले अस्ती २०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भनेर प्रश्ताव मैले नै गरेको हो । त्यो कुरा तपाईहरु सबैलाई थाहा छ । त्यसले झन्डै दुई तिहाईमा वामपन्थीलाई पु¥र्याइ पनि दियो । तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं । तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं । र मैले भन्ने गरेको छु–देशलाई समाजवादको बाटोमा लैजान सकिन्छ । त्यसकारण म थाक्यो कि, प्रचण्ड स्खलित भयो कि भन्ने ठान्नुभएको छ भने म यहाँहरुसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–अन्तिम समयसम्म पनि मेरो त अब झन केही पनि छैन । क्रान्तिबाहेक केही पनि छैन । त्यसकारण यो कुराको गहि¥याईलाई आत्मासात गरौं । एकताको निम्ति सबैले आ–आफ्नो ठाउँबाट वातावरण बनाऔं । हामी फेरि साँच्चै एउटा नयाँ इतिहास रचना गर्नसक्छौं ।’

प्रधानमन्त्री दाहालले वामपन्थी शक्तिहरुबीचको एकताले समाजवादी क्रान्तिलाई पूरा गरेर मुलुकमा एउटा नयाँ इतिहास रच्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);