विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकेको प्रचण्डको स्वीकारोक्ति | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकेको प्रचण्डको स्वीकारोक्ति

काठमाडौं,१८ चैत्र । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । समाजवादी क्रान्ति पूरा गर्नका लागि आफू दृढ रहेको उल्लेख गर्दै प्रचण्डले सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको हो ।

२४ औं जेलब्रेक स्मृति दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निराश नभई क्रान्तिकारी आशावादिताको कुरा गर्न र मुलुकमा समाजवादी क्रान्ति पूरा गर्नका लागि सबै वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउन पहल गर्न पनि कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई अनुरोध गर्नुभयो । उहाँले विगतमा एमालेसहितको एकतालाई जोगाउन नसकिएको स्वीकार गर्दै अब फेरि सोही दिशातर्फ फर्किएको दाबी समेत गर्नुभयो । आफू समाजवादी क्रान्ति पूरा गर्नका लागि नथाकेको पनि प्रचण्डले बताउनु भयो ।

प्रधानमन्त्री दाहालले वामपन्थी शक्तिहरुबीचको एकताले समाजवादी क्रान्तिलाई पूरा गरेर मुलुकमा एउटा नयाँ इतिहास रच्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);