तराईमा तस्करको सञ्जाल नभएको महानिरीक्षक अर्यालको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

तराईमा तस्करको सञ्जाल नभएको महानिरीक्षक अर्यालको दाबी

काठमाडौं,१५ चैत्र । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताउनुभएको छ । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताउनुभएको हो । उहाँले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताउनु भयो ।

उहाँले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताउनु भयो । उहाँले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बोर्डर आउटपोष्ट स्टार्टटेजिक पोइन्टमा हुनुपर्छ । त्यसको लागि जग्गा प्राप्ति गर्नलाई र भवन बनाउनलाई नेपाल सरकारले एउटा नीति बनाएर, एउटा राष्ट्रिय गौरवको योजना नै बनाएर जान सकियो भने सजिलो हुन्छ । बोर्डरमा सशस्त्र प्रहरीलाई जग्गा दिने प्रवृत्ति अलि कम भएको छ । टाइट भएको छ अहिले त्यसैले नभएको जाति भन्ने परेको छ । त्यसको लागि हामीले जनताको मन पनि जित्नुपर्नेछ । सुरक्षा पनि दिनुपर्नेछ । अहिले तराईमा तस्करको सञ्जाल छैन । व्यक्ति विशेषले हाम्रो समाज, राजनीतिक कार्यकर्ता, स्थानीय निकायमा व्यक्ति विशेषले भ्रष्टाचार गर्ला । तस्करी गर्ला । सञ्जालको रुपमा तस्करी नभएको कुरा जिम्मा लिएरै अवगत गराउन चाहेँ । फेला परे सञ्जाललाई हामी तुरुन्तै काट्छौँ । त्यसका लागि समाज र त्यो ठाउँको राजनीतिक नेतृत्वले पनि सहयोग गुर्नपर्ने आवश्यकता देखेको छु ।’

उहाँले कानून व्यवहारिक हुन नसक्दा सर्वसाधारणहरु कानुनी कारबाहीको दायरामा पर्ने गरेका बताउनु भयो । उहाँले आफूहरुले व्यवहार हेरेर भन्दापनि कानून हेरेर अगाडी बढ्नुपर्ने भन्दै व्यवहारिक कानून नहुँदा समस्या पर्ने गरेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);