नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि

money

काठमाडौं,१३ चैत्र । नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा जुस, प्लाइ–उड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर र अदुवाको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

मुलुकबाट आयात निर्यात दुवै घटिरहेका वेला ती वस्तुको निर्यात बढेको हो । अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेको बताइएृको छ । केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा २५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको ती वस्तुको निर्यात भएको छ । आठ महिनामा नेपालबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन ७४ प्रतिशतले बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

गत वर्षको यही अवधिमा आइरन तथा स्टिलको निर्यात ६ अर्ब ६७ करोडको भएको तथ्याँक छ । यस्तै आठ महिनामा मुलुकबाट प्लाइ–उडको निर्यात ९१ प्रतिशतले बढेर चार अर्ब ९३ करोड ९८ लाख ४८ हजार रुपैयाँ पुगेको छ । भारतमा प्लाइउडको माग उच्च भएकाले निर्यात बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);