रुसमा मृत्युदण्डको प्रावधान फर्काउन पुटिन समर्थकको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

रुसमा मृत्युदण्डको प्रावधान फर्काउन पुटिन समर्थकको माग

putin

काठमाडौं,१२ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि मृत्युदण्डको प्रावधान फेरी लागु गर्न दबाव बढेको छ । रुसमा हटाइसकिएको मृत्युदण्ड सजाय फिर्ता ल्याउन पुटिनका वरिष्ठ सदस्यहरूले माग गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

क्रकस सिटी कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणमा १३० जनाभन्दा बढीको मृत्यु हुनेगरि भएको आक्रमणका ४ जना आरोपीविरुद्ध मुद्दाको सुनुवाइ सुरुभएसँगै उनिहरुले मृत्युदण्डको प्रावधान फेरी लागू गर्न माग गरेका हुन् पुटिनका दुई घनिष्ठ सहयोगी पूर्व राष्ट्रपति एवं हाल सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेव र ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले आक्रमणपछि आतंकवादीलाई नष्ट गर्न आह्वान गर्दै मृत्यदण्ड हुनु पर्ने बताएका छन् । आतङ्कवाद र हत्याको सन्दर्भमा मृत्युदण्डको सजाय फिर्ता ल्याउन आवश्यक रहेको उनिहरुको तर्क छ । रुसले सन् १९९० को दशकदेखि मृत्युदण्डको सजायमा रोक लगाएको छ ।

तर दुई दशकयता देशमा भएको सबैभन्दा घातक आक्रमणपछि मृत्युदण्डको सजायमा रोक लगाउने प्रावधान हटाउनुपर्ने माग बढेको हो । यो विषयमा , व्यावसायिक र ठोस छलफलबाट समाजको अपेक्षा पूरा गर्ने गरी निर्णय लिइने बताइएको छ । रुसी संसदमा पुटिनका समर्थक अन्य दुई पार्टीका प्रमुखहरूले पनि यस विषयमा समर्थन जनाएका छन् । रुसमा सन् २०२३ मा १४३ आतंकसँग सम्बन्धित फौजदारी मुद्दा रेकर्ड गरिएको छ ।

रुसी अधिकारवादीले भने मृत्युदण्डको प्रावधान फर्काउँदा अन्य कसुरका पनि मारिने भन्दै चिन्ता व्यक्त गरेका छन् । आतंकवादका लागि मृत्युदण्डको सजायलाई अनुमति दिने हो भने यो प्रावधानले कति अन्यको पनि ज्यान लिन्छ भन्ने सोच्नु अधिकारकर्र्मीहरुको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);