मस्कोमा आतंकवादी हमलामा मारिएका आफन्तको अझै खोजीमा प्रियजनहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मस्कोमा आतंकवादी हमलामा मारिएका आफन्तको अझै खोजीमा प्रियजनहरु

एजेन्सी,१२ चैत्र । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आतंकवादी हमलापछि बेपत्ता भएका व्यक्तिका परिवार र साथीहरू अझै आफ्ना प्रियजनको बारेमा जानकारी पाउन पर्खिरहेका छन् । आफन्त जिउँदै छन् कि छैनन् भन्ने आशमा भौतारिइरहेका छन् ? यस आतंकवादी हमलामा १४३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् । १०० भन्दा बढी व्यक्ति अझै अस्पतालमा भर्ना छन् र तीमध्ये केहीको अवस्था गम्भीर छ।

यसैबीच, आक्रमणका संदिग्धहरूलाई आइतबार मस्कोस्थित अनुसन्धान समितिको मुख्यालयमा ल्याइयो। मस्कोको अदालतले दुई संदिग्धलाई आतंकवादी घटनामा संलग्न भएको आरोप लगाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवादी हमलामा मारिएकाहरुको सम्झनामा एउटा चर्चमा मैनबत्ती बालेका छन् ।

रुसी विदेश मन्त्रालयले ट्विटरमा साझा गरेको भिडियोमा पुटिनलाई मैनबत्ती बालेको देखाइएको छ। रुसी विदेश मन्त्रालयले एक भिडियो साझा गर्दै राष्ट्रपति पुटिनले परम्परा अनुसार आतंकवादी हमलामा मारिएका सबैको सम्झनामा सम्मान गरेको बताएको छ । यसअघि शनिबार पुटिनले आतंकवादी हमला गर्नेहरूलाई सजाय दिने वाचा गरेका थिए।

यस हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको छ । रुसमा आइतबार राष्ट्रिय शोक मनाइयो । राज्य समाचार एजेन्सी आरआईए नोवोस्तीले रिपोर्ट गरेको छ कि सांस्कृतिक संस्थाहरूमा कार्यक्रमहरू रद्द गरियो, झण्डा आधा झुकाइयो र मनोरञ्जन र टेलिभिजनमा विज्ञापनहरू निलम्बित गरियो। घटनास्थल नजिकैको अस्थायी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्न ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।

माल्यार्पण गर्न आएका आन्द्रे कोन्डाकोभले कन्सर्टमा मानिसहरु आएको बताए । केही मानिसहरु आफ्नो परिवारसँग गुणस्तरीय समय बिताउन आएका थिए । हामी मध्ये कोही पनि त्यस्तो अवस्थामा हुन सक्छौं। मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);