आइतबार फागु पूर्णिमा अर्थात होली पर्व काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइएको छ ।
वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र मनाउने गरिएको छ । यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा पनि लिने गरिएको छ ।
फागु पर्व होली नामले पनि परिचित छ । हिरण्यकश्यपकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको धार्मिक कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास छ ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर विशेषरूपले सजाएको लिंग गाडेपछि होली पर्व शुरु हुन्छ । तराई मधेश क्षेत्रमा भने सोमबार होली मनाउने तयारी छ ।
पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाउने गरिएको छ । ०००