काठमाडौं, १४ माघ । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ आफ्नै रणनीतिमा देखिएका छन् ।शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन।
सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो।
ओली दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली दाहालबीच अढाई घन्टा छलफल भएको थियो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।