डेंगीविरुद्धको खोप विकास गरेको भारतको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डेंगीविरुद्धको खोप विकास गरेको भारतको दाबी

dengue

काठमाडौं,७ चैत्र । भारतको एक सरकारी संस्थाले डेंगीविरुद्धको खोप विकास गरेको दाबी गरेको छ ।  भारतीय शहर हैदराबादको इन्डियन इम्युनोलोजिकल लिमिटेड आईआईएलले डेंगीविरुद्धको खोप विकास गरेको दाबी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

आईआईएलका प्रबन्ध निर्देशक डाक्टर आनन्द कुमारले सबै परीक्षण पूरा गरेर लगभग दुई वर्षपछि खोप दिन शुरु गर्ने दाबी गर्नुभएको छ । डाक्टर कुमारले खोपको पहिलो चरणको सबै परिक्षण पूरा भएको तथा दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै शुरु हुने बताउनुभएको छ ।

आईआईएलले डंगीबाहेक अहिले जिका भाइरस र क्यासानुर फरेस्ट रोग केएफडी विरुद्धका खोप पनि विकास गरिरहेको छ । आईआईएल केन्द्रीय मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादन मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

एक रिपोर्टका अनुसार विश्वमा हरेक वर्ष १० करोड जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको छ । भारतमा मात्रै बर्सेनि साढे तीन करोड जनामा सङ्क्रमण देखिने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);