काठमाडौं,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज संसदमा प्रश्नोत्तर कार्यक्रम रहेको छ । तर ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक सवा १२ बजेसम्म पनि बस्न सकेको छैन् ।
मंगलबारको बैठकमा प्रचण्डले सांसदहरुले उठाएको समसामयिक विषयमा जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा अनुसन्धानमा रहेका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ ।