होसियार ! सहकारीबाट लिएको ऋण नतिर्नेलाई महानगरले कारबाही गर्दैछ | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

होसियार ! सहकारीबाट लिएको ऋण नतिर्नेलाई महानगरले कारबाही गर्दैछ

ktm mahanagarpalika

काठमाडौं,५ चैत्र । कतै तपाइहरुले पनि सहकारीबाट लिएको ऋण नतिर्ने मनसाय त गर्नुभएको छैन्, छ भने कारबाहीमा पर्नुहोला ।

काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गर्दै नतिर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

आज एक सूचना जारी गर्दै महानगरको सहकारी विभागले ऋण लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋण लिँदा जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न समेत आग्रह गरेको छ ।

सहकारीको ऋण तिर्न नपर्ने हल्ला फैलाएको भन्दै सोही कारण केहीले ऋण चक्ता गर्न बहाना गरेको पनि गुनासो आएको पनि महानगरले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);