कांग्रेसले राष्ट्र र जनता विरुद्ध षडयन्त्र गरेको वामदेवकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

कांग्रेसले राष्ट्र र जनता विरुद्ध षडयन्त्र गरेको वामदेवकाे आरोप

काठमाडौं, १३ माघ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाली कांग्रेसले राष्ट्र र जनता विरुद्ध षडयन्त्र गरेको आरोप लगाएका छन् ।  शनिबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले संविधानको गलत व्याख्या गर्दै नेपाली कांग्रेसले राष्ट्र र जनता विरुद्ध षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

कांग्रेसले निर्वाचन आयोगलाई हतियार बनाएर सत्ता लम्ब्याउने काम गरेको उनले दाबी गरे । उपाध्यक्ष गौतमले वर्गिगमन हुँदै गरेको सरकारले सत्ता लम्ब्याउँदै सत्ता, शक्ति र राज्यको दुरुपयोग गरि राज्य कोष रित्याएर राष्ट्र र जनता विरुद्ध षडयन्त्र गरेको आरोप लगाए ।

जति लामो समय सत्तामा बसिरह्यो त्यत्तिकै नेपाली कांग्रेस जनतामाझ नाङ्गो हुँदै जाने र त्यसले देश बरबाद नभई अन्ततः कांग्रेस र स्वयम प्रधानमन्त्री शेरबहादुर देउवा नै बरबाद हुने गौतमले ठोकुवा गरेका छन् ।

राष्ट्रियसभाको निर्वाचन यही सरकारले गर्नुपर्ने बाध्यता नरहेको दाबी गर्दै उपाध्यक्ष गौतमले कांग्रेसले सत्तामा रहिरहन संविधानको अपव्याख्या गरेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);