गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सुनको तस्करीको प्रतिवेदनमा के छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सुनको तस्करीको प्रतिवेदनमा के छ ?

काठमाडौं,२ चैत्र । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउनु भएको छ । शुक्रबार बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको प्रतिवेदन बुझाउनु भएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले , कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिनु भएको छ । आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको हो । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी सहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएकामा एआईजी बज्राचार्यमाथि कारबाही सिफारिस भएको हो । सुन तस्करीमा राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका शक्तिशाली अधिकारीको जालो तोड्न माग गर्दै तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले गत साउनमा एक महिना संसद् अवरुद्ध गरेपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन भएको हो । आयोगले सुन तस्करीमा माओवादी र एमालेका नेताहरूमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि प्रश्न गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);