पाकिस्तानका राष्ट्रपति आसिफ अलीले छोरीलाई प्रथम महिला बनाएपछि चौतर्फी चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाकिस्तानका राष्ट्रपति आसिफ अलीले छोरीलाई प्रथम महिला बनाएपछि चौतर्फी चर्चा

एजेन्सी,२ फागुन । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि मुलुकभर यससम्बन्धमा बहस सु्रुभएको छ । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा दिने गरेकोमा छोरीलाई त्यस्तो दर्जा दिएपछि पाकिस्तानसहित विश्वमै चर्चा भइरहेको संचार माध्यमहरुले जनाएका छन् ।

आसीफा अली जर्दारीले प्रथम महिलालाई दिइने सबै सुविधा पाउनुहुने छ । पाकिस्तानमा छोरीलाई कसरी प्रथम महिला बनाउन मिल्छ भन्ने बहस चलेको छ । कानुनका जानकारले केहीले राष्ट्रपतिलाई आफ्नो परिवारको जुनसुकै सदस्यलाई फर्स्ट लेडीको पद दिन सक्ने अधिकार भएको तर्क गरेका छन् । सन् १९७५ मा राष्ट्रपतिलाई दिइएको अधिकारमा फर्स्ट लेडी कतै उल्लेख छैन ।

त्यहाँको गृह मन्त्रालयले जारी गरेको कागजातमा पनि फर्स्ट लेडी वा ‘फरस्ट हसब्यान्ड’ कतै उल्लेख गरेको भेटिदैन । आसिफ अली जर्दारीकी पत्नी एवं पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको सन् २००७ मा हत्या गरिएको थियो । त्यति बेला १४ वर्षकी आसिफा अहिले ३१ बर्षकी हुनुहुन्छ । आसीफा पाकिस्तानमा पोलियो रोग नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);